रेसुङ्गा विमानस्थलबाट हस्ताको २ दिन उडान हुने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

रेसुङ्गा विमानस्थलबाट हस्ताको २ दिन उडान हुने


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको २ दिन उडान हुने भएको छ । नेपाल वायुसेवा निगमले २ दिन उडान गर्ने भएको हो नागरिक उड्डयन प्राधिकरणले रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन मङ्गलवार र शुक्रवार उडान गर्न निगमलाई अनुमति दिएको हो ।

रेसुङ्गा नगरपालिका र नेपाल वायुसेवा निगमसँग नियमित उडान गर्नेबारे गत फागुनमा सम्झौता गरेको थियो । रेसुङ्गा विमानस्थलबाट काठमाडौँ सम्मको शुल्क प्रतिव्यक्ति ६ हजार रुपैयाँ लाग्नेछ ।

काठमाडौँबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान हुने समय तालिका रहेको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले बताए । रेसुङ्गा विमानस्थलबाट काठमाडौँका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने समय तालिका रहेको पन्थीले बताए ।

काठमाडौँबाट रेसुङ्गा विमानस्थल सम्मको दुरी ५० मिनेटको रहेको छ । रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमी चौरमा पर्दछ । जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ किलोमिटर कच्चीबाटोबाट विमानस्थल पुग्न सकिन्छ । विमानस्थलमा गत वैशाख १५ गते नेपाल एयरलाइन्सको १८ सिट क्षमताका जहाजले परीक्षण उडान गरेको थियो ।

त्यस्तै गत पुस महिनाको २४ मा तारा एयरको १८ सिट क्षमताको जहाजले प्रदर्शन उडान गरेको थियो । विमानस्थलमा २०७५ जेठ २५ गते तारा एयरको जहाजले धुले उडान गरेको थियो ।

०६३ सालमा रेसुङ्गा विमानस्थलको शिलान्यास संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रदीप ज्ञवालीले गरेका थिए । तर ०६३ सालमा शिलान्यास भए पनि विमानस्थलको निर्माणको काम २०७२ पछि मात्र सुरु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस