२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् आपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या

अ+ अ-

ढोरपाटन । पश्चिम बागलुङका अधिकांश गाउँमा अहिले पनि केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छैन । स्थानीय लघु जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीकै भरमा स्थानीयवासी छन् ।

तमानखोला गाउँपालिका–६ नर्जाखानीमा पनि स्थानीयवासी वर्षौँदेखि लघु जलविद्युत् आयोजनाकै बिजुलीमाथि निर्भर छन् । तर लघु जलविद्युत् आयोजना हिउँदको समय खोलामा पानीको बहाव घट्ने हुँदा विद्युत् आपूर्ति हुन नसक्ने र बर्खामा नहर नै बगाइदिने गर्दा स्थानीय मारमा पर्दै आएका छन् । विद्युत् नियमित नहुँदा वडा कार्यालयबाट प्रवाह हुने सेवासमेत प्रभावित हुने गरेको छ ।

वडा कार्यालयमा कम्प्युटर, प्रिन्टरदेखि आवश्यक सबै इलेक्ट्रोनिक सामान छन् । तर विद्युत् आपूर्ति हुन नसक्दा हस्तलिखित सेवा प्रवाह गर्नुपर्ने बाध्यता छन् । आधुनिक प्रविधिको विकासले कामकाजलाई छिटो–छरितो बनाए पनि विद्युत्को समस्याका कारण प्रविधिदेखि टाढा हुनुपरेको तमानखोला गाउँपालिका–६ का अध्यक्ष चित्रबहादुर छन्त्यालले बताए । जिल्लाकै सबैभन्दा विकट मानिने यस ठाउँमा अहिलेसम्म केन्द्रीय प्रसारण विस्तार नगरिँदा यहाँका नागरिकले समस्या खेप्नुपरेको उनको भनाइ छ ।

उक्त वडामा नर्जाखानी, भित्रिवन र पात्ले गरी तीन वटा बस्ती छन् । तीनवटै बस्तीमा तीनवटै साना लघु जलविद्युत् आयोजनाको बिजुली छ । तर हिउँदको समयमा खोलामा पानी कम हुँदा एउटा बत्तीसमेत बाल्न गाह्रो हुने गरेको छन्त्यालले बताए । नर्जाखानीमा ११ किलोवाट क्षमताको बराह गोठ खोला लघु जलविद्युत् आयोजना, पात्लेमा तीन किलोवाटको खालीखोला लघु जलविद्युत् आयोजना र भित्रिवनमा छ किलोवाटको बराहथानखोला लघु जलविद्युत् आयोजना सञ्चालनमा छ । यी सबै लघु जलविद्युत् आयोजनामा दिनभरि पानी जम्मा गर्ने र बिहान–बेलुका बत्तीमात्रै बाल्ने गरी व्यवस्थापन गरिएको अध्यक्ष छन्त्यालको भनाइ छ ।

‘बर्खामा खोला उर्लेर आउँछ, नहर र विद्युत् गृह बगाएन भने बत्ती बाल्ने हो नत्र अन्धकारमै बस्नुपर्छ, हिउँदमा पानी ह्वात्तै घट्छ’, अध्यक्ष छन्त्यालले भने, ‘सेवाग्राही आउँछन्, प्रिन्ट गरेर प्रमाणपत्र दिनुपर्ने हुन्छ, घटना दर्ता गर्नुपर्ने हुन्छ, बिजुली नै आउँदैन, हातले लेखेर काम गर्नुपर्छ ।’

अति आवश्यक कागजात कम्प्युटरबाट गर्नु परे, विद्युत् गृहमा फोन गरेर एक–दुई घण्टा लाइन मागेर छिटोछिटो गर्नुपर्ने स्थिति रहेको उनको भनाइ छ । यस वडामा दुई सय ५० परिवारको बसोबास छ । यहाँस्थित नर्जाखानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भने सोलार जडान गरिएको अध्यक्ष छन्त्यालले बताए । विद्युत् आपूर्ति नहुँदा विद्यालयमा रहेका कम्प्युटर र प्रोजेक्टर थन्क्याउनुपरेको छ । हिउँदमा बिहान एक घण्टा र बेलुकी तीन घण्टा मात्र बत्ती बाल्न सकिने अवस्था छ ।

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले नर्जाखानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले छ महिनाभित्र नर्जाखानीमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिने बताए ।

प्रतिक्रिया दिनुहोस