पूर्व राज्यमन्त्री मेहताको निधन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

पूर्व राज्यमन्त्री मेहताको निधन


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । पहिलो संविधानसभा सदस्य तथा पूर्व वन तथा भू-संरक्षण राज्यमन्त्री लक्ष्मण मेहताको निधन भएको छ ।

सिरहाको लहान नगरपालिकाका ८ घर भएका मेहताको ७६ वर्षको उमेरमा आज निधन भएको हो । ०६४ मा तत्कालीन मधेसी जनअधिकार फोरमको तर्फबाट मेहता सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

फोरम विभाजित भएर गठित तत्कालीन मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक० रोजेपछि मेहता राज्यमन्त्री बन्ने अवसर पाएका थिए । पछिल्लो समय उनी राजनीतिबाट टाढिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस