वडाध्यक्षले मागे शिक्षा शाखा प्रमुखको राजीनामा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

वडाध्यक्षले मागे शिक्षा शाखा प्रमुखको राजीनामा


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । गोरखा नगरपालिकाका वडाध्यक्षहरूले शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्काको राजीनामा मागेका छन् । उनको कार्यशैलीको आलोचना गर्दै आधा दर्जन वडाध्यक्षहरूले तत्काल राजीनामाको माग गरेका हुन् ।

खड्काले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को अवज्ञा गर्दै कामकारबाही गरेको वडाध्यक्षहरूको आरोप छ ।  

शिक्षक नियुक्तिमा माध्यमिक तह पास भएर आएका शिक्षकहरूलाई फेल गराई आफ्नो नातागोतालाई सेटिङ गरी नाम निकालिदिने लगायतका कार्य गरेको भन्दै वडाध्यक्षहरूले खड्काविरुद्ध प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र नै बुझाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस