सम्मान नपाएको भन्दै बेहुला स्टेजबाटै भागेपछि… « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सम्मान नपाएको भन्दै बेहुला स्टेजबाटै भागेपछि…


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । बारामा पहुनाहरुलाई राम्रोसँग स्वागत नगरेको भन्दै बिहे नगर्ने भनि स्टेजबाट भाग्न लागेको भारतीय बेहुला र उनका बुवालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले बेहुला भारत जिल्ला पूर्वी चम्पारण ग्राम पञ्चायत कथवलिया सुगौली बस्ने २३ वर्षीय शशी कुमार चौरसिया र उनका बुवा ४६ वर्षीय श्याम कान्त भगतलाई पक्राउ गरेको हो ।

गत आइतबार राति बेहुला शशिको विवाह बाराको महागढीमाई नगरपालिका-६ बबुआईन बस्ने कालिचरण प्रसाद चौरसियाको छोरीसँग हुने तय थियो।

सोही राति भारतबाट जन्ती लिएर आएका बेहुलाले जन्तीमा आएका पाहुनाहरूलाई बेहुली पक्षले राम्रोसँग स्वागत सत्कार नगरेको भन्दै बिहे नगर्ने भनि स्टेजबाट भाग्न लागेका थिए।

सोहीक्रममा बेहुलाका बुवा श्याम कान्त भगतले बेहुलीका बुवालाई विभिन्न किसिमको अश्लील शब्दहरू प्रयोग गरी हातपात समेत गर्न खोजेको प्रहरीले जनाएको छ।

बिहे नगर्ने भनि बेहुला भाग्न खोजेपछि विवाह मण्डपमा पुगेको प्रहरीले बेहुला र उनका बुवालाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।  

पक्राउ परेका बेहुला र उनका बुवा उपर अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय कलैयाबाट दस दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको प्रहरीको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस