राप्रपा प्रवक्ता मोहन श्रेष्ठलाई मातृ शोक « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

राप्रपा प्रवक्ता मोहन श्रेष्ठलाई मातृ शोक


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठलाई मातृ शोक परेको छ।

प्रवक्ता श्रेष्ठकी आमा दिलमाया श्रेष्ठको ८१ वर्षको उमेरमा मङ्गलवार (आज) निधन भएको हो। उनको आजै अपराह्न पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदै छ।

केही समयदेखि मुटु,स्नायु र पेटसम्बन्धी समस्याबाट पीडित उनको उपचारको क्रममा मृत्यु भएको हो। श्रेष्ठका श्रीमान्, एक छोरा र एक छोरी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस