नेता र कर्मचारीको सम्पत्ति छानबिन गरी तलबबाहेकका सुविधा कटौती गर्न माग « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

नेता र कर्मचारीको सम्पत्ति छानबिन गरी तलबबाहेकका सुविधा कटौती गर्न माग


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले नेता र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

मङ्गलवार बसेको राष्ट्रिय सभाको बैठकमा उनले यस्तो माग गरेका हुन् ।

पन्थले हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न माग गरेका हुन् ।

उनले भ्रष्टाचारविरुद्ध कडा एक्सन सुरु गर्न पनि आग्रह गर्दै उनले सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गर्न र आर्थिक मन्दीको समयमा तलबबाहेकका सबै सुविधा कटौती गर्न माग गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस