दार्चुलाको सुन्सेरामा सशस्त्र प्रहरीको बीओपी स्थापना « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

दार्चुलाको सुन्सेरामा सशस्त्र प्रहरीको बीओपी स्थापना


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । सशस्त्र प्रहरीले दार्चुलाको ब्यास गाउँपालिका–४ को सुन्सेरामा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ ।

बीओपीको सोमबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेड क्वाटर दार्चुलाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) डम्बर बिष्टकाअनुसार बैजनाथ बाहिनी नम्बर ७ का सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण ढुङ्गाना, ब्यास गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामी र प्रजिअ किरण जोशीले बीओपीको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

उक्त बीओपीमा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) त्रिभुवन विष्टको नेतृत्वमा २० जनाको टोली खटाइएको छ । यो सँगै दार्चुलाको सीमा क्षेत्रमा बीओपीको संख्या चार पुगेको छ ।

यसैगरी ब्यास गाउँपालिका-१ को तिङकरमा स्थापना गर्नेगरी थप एउटा बीओपी स्वीकृत भएकाले चाडै स्थापना गर्ने तयारी सशस्त्र प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस