धितोपत्र बोर्डद्वारा ज्ञानेन्द्रलाल प्रधानविरुद्ध मुद्दा दायर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

धितोपत्र बोर्डद्वारा ज्ञानेन्द्रलाल प्रधानविरुद्ध मुद्दा दायर


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नेपाल हाइड्रो डेभलोपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानविरुद्ध मुद्दा दायर गरेको छ ।

प्रधानले आफू कम्पनीको अध्यक्ष हुँदा आफ्नो नामको सेयर श्रीमती, छोरा र छोरीलाई नामसारी गर्दै बिक्री गरेकाले जालसाजीयुक्त कारोबार गरेको निष्कर्ष सनकाल्दै बोर्डले बोर्डले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर हो ।

आफैँ अध्यक्ष भएर सेयर बिक्री गर्नु धितोपत्रसम्बन्धी ऐनको दफा ९८ अनुसार जालसाजीयुक्त कारोबार भएको धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए ।

प्रधानलाई नेपाल धितोपत्र बोर्डले गत चैत १९ गते ७५ हजार जरिवानासहित १० वर्षसम्म सूचीकृत संस्थाको सञ्चालक तथा महाप्रबन्धक हुन नपाउने गरी कारबाही गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस