शैक्षिक गुणस्तर सुधारका लागि सबै गम्भीर हुनुपर्नेमा मन्त्री शर्माको जोड  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

शैक्षिक गुणस्तर सुधारका लागि सबै गम्भीर हुनुपर्नेमा मन्त्री शर्माको जोड 


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले शैक्षिक गुणस्तर सुधारका लागि सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने बताएकी छन् ।

ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित फुल्चोकी माध्यमिक विद्यालयको ६४औँ स्थापना दिवस कार्यक्रममा सहभागी हुँदै मन्त्री शर्माले यस्तो बताएकी हुन् । 

स्थानीय तहका जनप्रतिनिधिले शैक्षिक गुणस्तर सुधारका लागि प्रभावकारी योजना बनाउन पर्नेमा उनले जोड दिइन् ।

मन्त्री शर्माले शैक्षिक गुणस्तर वृद्धिका लागि सूचना प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिइन् । विद्यालय तहका विद्यार्थीमा सूचना प्रविधिको दुरुपयोग बढ्ने खतरा पनि उत्तिकै रहेकाले यसतर्फ सचेत हुन पनि उनले सबैलाई आग्रह गरिन् । पछिल्लो समय समाजमा फेरिएको चेतनासँगै सामुदायिक विद्यालय राम्रा बनाउने र आफ्ना छोराछोरी त्यसमै पढाउने क्रम बढ्दै जानु सकारात्मक भएको उल्लेख गर्दै मन्त्री शर्माले समाजका अगुवाले यसमा अझै मेहेनत गर्न आवश्यक रहेको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस