काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको कलसाइन नाईन एन एएनई जहाजलाई उडानमा रोक लगाएको छ ।
दुई दिनमा दुई पटक समस्या देखिएपछि जहाजलाई उडानमा रोक लगाइएको हो । प्राधिकरणका अनुसार जहाजको विस्तृत परीक्षणपछि मात्रै उडानको अनुमति दिइनेछ ।
यो जहाजको ल्यान्डिङ गियरमा अस्ति शनिवार समस्या आएकोमा आज सोमवार फेरि त्यही समस्या दोहोरिएको थियो ।