क्युआर भुक्तानीमा रिवार्ड प्वाइन्ट दिँदै आइएमई पे « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

क्युआर भुक्तानीमा रिवार्ड प्वाइन्ट दिँदै आइएमई पे


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले क्युआर भुक्तानीमा रिवार्ड प्वाइन्ट दिने भएको छ । कम्पनीले ग्राहकलाई विद्युतीय तथा क्युआर भुक्तानीतर्फ प्रेरित गर्ने उद्देश्यका साथ क्युआर भुक्तानीमा रिवार्ड प्वाइन्ट दिने भएको हो ।

सो भुक्तानीबाहेक आइएमई पेले अन्य विभिन्न सुविधामा पनि रिवार्ड प्वाइन्ट दिने जनाएको छ । रिवार्ड प्वाइन्ट जुनसुकै किसिमको क्युआर भुक्तानीमा समेत पाउन सकिने उल्लेख छ । उक्त रिवार्ड प्वाइन्ट कारोबार गर्दै जाँदा जोडिँदै जाने र भविष्यमा ग्राहकले रिवार्ड प्वाइन्ट रिडिम पनि गर्न सक्ने जनाइएको छ ।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टमार्फत विभिन्न किसिमका भुक्तानी कार्यहरू गर्न सक्ने कम्पनीले जनाएको छ । यसले व्यक्ति-व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस