स्वतन्त्र सांसद अमरेशकुमारले बोल्ने समय नदिएको भन्दै बैठकमै लुगा फुकालेर गरे विरोध « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्वतन्त्र सांसद अमरेशकुमारले बोल्ने समय नदिएको भन्दै बैठकमै लुगा फुकालेर गरे विरोध


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफूलाई बोल्न समय नदिएको भन्दै बैठक सुरु हुनासाथ उठेर लगाएको लुगा फुकाल्दै विरोध गरेका छन् ।

सिंह उठेर लुगा खोल्दै नाङ्गो भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए ।

सिंहले संसद बैठकमा असभ्य व्यवहार देखाएपछि अन्य सांसदहरुले समेत विरोध गरेका थिए । सभामुखको चेतावनीपछि सिंहले फुकालेको सर्ट र भेष्ट लगाए । त्यसपछि संसद बैठकको नियमित कार्य सुरु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस