ए डिभिजन लिग : मनाङ र पुलिस, खुमलटार र फ्रेन्ड्स भिड्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ए डिभिजन लिग : मनाङ र पुलिस, खुमलटार र फ्रेन्ड्स भिड्दै


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो लिगको तेस्रो चरणका खेल आज(सोमबार) हुदैछ । रेलिगेशन ब्याटरमा रहेका तीन टिमले आज प्रतिस्पर्धा गर्दैछन् ।

रेलिगेशन क्षेत्रमा रहेको फ्रेन्ड्सले खुमलटारसँग च्यासल मैदानमा दिउँसो ३ बजे खेल्दैछ । फ्रेन्ड्स १६ अङ्क सहित तालिकाको १३ औं र खुमलटार १७ अङ्क सहित तालिकाको १२ औं स्थानमा छ । तालिकाको पुछारमा रहेका दुवै टिमलाई अङ्क तालिकामा सुधार गर्ने अवसर शनिबार रहेको छ ।

अर्को खेलमा पुछारको पुलिसले मनाङ मर्स्याङ्दी क्लबसँग एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे खेल्दैछ । पुलिसलाई तीन अङ्क बटुल्दै तालिकामा स्थान सुधार गर्ने अवर प्राप्त छ ।

मनाङ १५ खेलबाट १९ अङ्क सहित आठौं स्थानमा रहेको छ । पुलिस १५ अङ्क सहित तालिकाको पुछारमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस