सरकारले नै ममाथि आक्रमण गर्न लगायो : ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकारले नै ममाथि आक्रमण गर्न लगायो : ओली


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूमाथि आक्रमण गर्न लगाएको आरोप लगाएका छन् । 

एमाले संसदीय दलको बैठकमा ओलीले सरकारले नै लगाएका १५-२० जनाको समूहले आफूमाथि लगातार आक्रमणको प्रयास गरेको बताए ।

“प्रमुख प्रतिपक्षी दलको नेता एउटा विद्यालय शिलान्यासमा जाँदा आक्रमण हुन्छ । तर, सरकारलाई त्यो कुनै चासोको विषय नै बन्दैन,” ओलीले भने, “सरकारकै योजनामा भएर त होला, म जहाँ जान्छु, १५-२० जनाको समूहले अगाडि र पछाडिबाट आक्रमण गर्छ ।” 

उनले प्रहरीलाई केही नगर्नु भन्ने निर्देशन दिएर अराजकतालाई सरकारले संरक्षण गरेको पनि आरोप लगाए ।

“प्रहरीभन्दा धेरै सङ्ख्याका अराजकहरूले आक्रमण गर्छन् । प्रहरीको अनुहार ढुङ्गाले कुच्च्याउँछन् । तर, प्रहरी केही पनि गर्दैन,” ओलीले भने, “प्रहरीलाई केही नगर्नु भन्ने निर्देशन छ रे ।” 

उनले आफ्नो ५८ वर्षको राजनीतिमा यस्तो अवस्था कहिल्यै नदेखेको बताए ।

केही हप्ताअघि झापासहित पूर्वका जिल्लामा ओलीलाई कालो झण्डा देखाउनेसहितका अवरोध भएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस