पार्टीको नीति विपरीत बोल्नेलाई कारबाही गर्ने नकपा एसको चेतावनी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पार्टीको नीति विपरीत बोल्नेलाई कारबाही गर्ने नकपा एसको चेतावनी


२४ बैशाख २०८०, आइतबार


काठमाडौं । नेकपा एकीकृत समाजवादीले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पार्टी नीति विपरीत नबोल्न नेताहरूलाई आग्रह गरेको छ ।

पार्टीको केन्द्रीय अनुशासन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै महत्त्वपूर्ण जिम्मेवारीमा रहेका केही नेताहरुले पार्टीको सिद्धान्त, आचरण र विधानको विपरीत हुनेगरी सञ्चार माध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको भन्दै ध्यानाकर्षण जनाएको छ ।

पार्टीका नेताहरुले यसरी दिएको अभिव्यक्तिलाई प्रतिगामी तत्त्वले उछालेको भन्दै एकीकृत समाजवादीले फरक मतहरू पार्टी कमिटीभित्रै राख्न नेताहरूलाई आग्रह गरेको छ ।

‘यसलाई गम्भीरतापूर्वक नलिई पार्टी विधान विपरीत आफ्ना अभिव्यक्ति र क्रियाकलापहरू कसैले पनि गर्न पाइने छैन,’ अनुशासन आयोगका अध्यक्ष डा। शिवबहादुर देउजाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसलाई अटेर र बेवास्ता गर्ने प्रवृत्तिले पार्टी नै कमजोर हुने हुँदा आगामी दिनहरूमा आफ्ना कमी कमजोरीहरूलाई सुधार गर्नका लागि सचेत गराइन्छ ।’

सुधार नगरेमा पार्टीको विधान अनुसार कारबाही गर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस