ओलीको टिप्पणी : १०-१० वटा दल भएर पनि सरकारलाई पूर्णता दिन सकेनन्  « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

ओलीको टिप्पणी : १०-१० वटा दल भएर पनि सरकारलाई पूर्णता दिन सकेनन् 


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०-१० वटा दल भएर पनि सरकारलाई पूर्णता दिन नसकेको बताएका छन् । 

देशमा अस्थिरताको कारण सरकार र सरकारमा रहेका सत्तारुढ दल भएको भन्दै ओलीले सत्तारुढ दलहरू केवल सरकार परिवर्तनको खेलमा मात्र लागेको र विकास निर्माणको काम केही पनि गर्न नसकेको दाबी गरेका हुन् ।

आइतबार संघीय संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘मंसिर ४ मा चुनाव भएको आज वैशाख २४ गते भइसक्यो ।’ ‘१०-१० वटा पार्टी मिलेर पनि सरकार बनाउन नसकेको भन्दै ओलीले व्यङ्ग्यसमेत गरे । ‘कोही छुट्दैनन् कोही भर्ती हुँदैछन् । अस्तिको दिनमा मात्र एउटा घटकले सरकारले छोड्यो । अस्ति कहिले ३ जना मन्त्री बल्ल थप्यो । अझै सरकारले पूर्णता पाउन सकेको छैन । १०-१० वटा पार्टीले सरकार बनाउन सक्दैन । गठबन्धन पनि कति हो टुङ्गो छैन । कहिले सात भन्या छ कहिले आठ, कहिले नौ, कहिले दश । राजनीतिक तामाशा देखाइएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस