कक्षा १२ को परीक्षा तयारी अन्तिम चरणमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कक्षा १२ को परीक्षा तयारी अन्तिम चरणमा


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । वैशाख २६ गतेदेखि सञ्चालन हुन लागेको परीक्षाका लागि ४ लाख ६७ हजार ३८९ विद्यार्थीले फाराम भरेका छन् ।

परीक्षाको तयारी अन्तिम चरणमा पुगिसकेको बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षा केन्द्र तोक्ने काम पुरा भएको बताए । त्यस्तै केन्द्राध्यक्ष, निरीक्षक, नियुक्त गर्ने लगायतका काम पनि अन्तिम चरणमा पुगिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस