बलिउड अभिनेता आमिर खान नेपालमा, बुढानीलकण्ठ ध्यान शिविरमा १० दिन विपाश्यना गर्ने  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बलिउड अभिनेता आमिर खान नेपालमा, बुढानीलकण्ठ ध्यान शिविरमा १० दिन विपाश्यना गर्ने 


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । भारतका चर्चित अभिनेता आमिर खान नेपाल आएका छन् । भिस्तारा एयरलाइन्सको यूके १५१ विमानबाट आइतबार बिहान १०ः०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । उनलाई पूर्वराज्यमन्त्री एवं उद्योगी रूप ज्योतिलगायतले विमानस्थलमा स्वागत गरेका छन्  । 

एयरपोर्टबाट खान सिधै बुढानीलकण्ठतिर लागेको र त्यहाँस्थित विपश्यना केन्द्रमा उनले १० दिन ध्यान गर्ने बताइएको छ । 

टाइम म्यागेजिनले विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा राखेपछि संसारभर चर्चा चुलिएका आमिरको नेपालमा पनि थुप्रै फ्यान रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस