२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखापत्र पत्रिका मात्र होइन, एउटा युगको जीवन्त प्रतिनिधि हो -प्रम प्रचण्ड

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखापत्र दैनिक पत्रिका मात्र नभई एउटा युगको जीवन्त प्रतिनिधिसमेत भएको बताएका छन् । 

गोरखापत्र दैनिकको १२३ औँ तथा गोरखापत्र संस्थानको ६१ औँ वर्ष प्रवेशका अवसरमा आयोजित समारोहमा उनले आजका मितिसम्म पनि सबैभन्दा विश्वासिलो र सर्वाधिक हेरिने वा पढिने पत्रिका गोरखापत्र भएको बताए । 

संस्थाले इतिहासका थुप्रै आरोह अवरोह पार गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले शताब्दी लामो यात्रा पार गरिसकेको गोरखापत्रको हाम्रो सामाजिक विकास र संस्कृति प्रबद्र्धनमा महत्त्वपूर्ण योगदान रहेको समेत बताएका छन् । 

गोरखापत्र संस्थान र गोरखापत्रको नेतृत्व सुशासन र समृद्धिको लक्ष्यप्रति जबाफदेही र इमानदार रहेर मात्र आम सञ्चार जगतमा सरकार र सरकारी सञ्चार माध्यमप्रतिको विश्वसनीयता कायम राख्न र अभिवृद्धि गर्न बताउँदै उनले  पछिल्लो समय संस्थानको नेतृत्वको इमानदारिता र कार्यक्षमतामाथि उठेका प्रश्नहरूको व्यवहारद्वारा प्रतिउत्तर दिन पनि विशेष रूपले ध्यानाकर्षण गराएका छन् । 

‘संस्थाको नेतृत्वले जहिले पनि निष्पक्षता, स्वतन्त्रता, संस्थागत एवं पेशागत हित र सुरक्षा, संस्थाभित्र कार्यरत सदस्यहरूको वृत्ति विकास र अभिभावकत्वमा विशेष ध्यान दिनुपर्दछ’ प्रधानमन्त्री प्रचण्डले भने ‘संस्थाप्रति सबैको अपनत्वबोध हुने भौतिक एवं भावनात्मक परिस्थितिको निर्माण गरेर मात्र नेतृत्वले आफ्नो क्षमता प्रस्तुत गर्न सक्दछ, जसको बलमा संस्थाले थप परिस्करणका साथ उचाइ हासिल गर्न सक्दछ ।’ 

समयको माग र प्रविधिको गतिअनुसार संस्थाले पनि आफूलाई रूपान्तरण गर्न जरुरी रहेको बताउँदै उनले अहिलेको प्रतिस्पर्धात्मक बजारमा आफूलाई अझ खरो रूपमा उतार्न यो संस्थाले अझ जिम्मेवार, व्यावसायिक तथा विश्वसनीय भएर आफूलाई अघि बढाउनु पर्ने धारणा राखे । 

‘डिजिटल मिडियाको तीव्र विकास तथा विस्तारसँगै छापा पत्रकारिताको यात्रा थप चुनौतीपूर्ण बन्दै गएको छ’ उनले भने ‘त्यसैले गोरखापत्रले आफ्नो परम्परागत ढाँचा तथा ढर्रा परिवर्तन गरेर नयाँ ढङ्गले अघि बढ्नुपर्दछ ।’ राज्यप्रतिको जिम्मेवारीमा सचेत रहँदै सबै नेपालीले स्वामित्व लिने सामग्री पस्किनु पर्ने बताउँदै अब सूचनाका लागि मात्र पत्रिका कुर्ने अवस्था नरहेकोले सामग्रीको गुणस्तर र विविधतामा विशेष ध्यान दिनु जरुरी रहेको उनको भनाई छ । 

राज्यका निकायले गर्ने कार्य सम्पादनका बारेमा जनसमक्ष ल्याउने दायित्व आमसञ्चार माध्यमको नै रहने भन्दै प्रधानमन्त्री प्रचण्डले नागरिक सुसूचित हुन सक्दा मात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल बन्न सक्ने बताए । 

‘राज्यका हरेक अङ्ग र निकायलाई कार्यसम्पादनप्रति जिम्मेवार, उत्तरदायी र सबल बनाउन चौथो अङ्गका रूपमा सञ्चार माध्यमले निर्वाह गर्ने भूमिका महत्त्वपूर्ण हुन सक्दछ’ उनले भने ‘त्यसैले सञ्चार माध्यमलाई ‘वाच डग’का रूपमा लिने गरिएको छ । यो भूमिका आगामी दिनमा अझ सशक्त बन्न सक्नुपर्छ ।’ साथै सही सूचना र जानकारीबाट सूचित हुने नागरिकको अधिकार प्रत्याभूत गर्न आमसञ्चार जिम्मेवार बन् नसक्नु पर्ने भन्दै आजको सन्दर्भमा आमसञ्चारको भूमिका र योगदान प्रशंसनीय रहेको प्रचण्डको भनाई छ । 

प्रतिक्रिया दिनुहोस