आईपीएलमा मुम्बईमाथि चेन्नईको जित « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

आईपीएलमा मुम्बईमाथि चेन्नईको जित


२३ बैशाख २०८०, शनिबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ । मुम्बईले दिएको १४० रनको लक्ष्य चेन्नईले ४ विकेट गुमार १४ बल बाँकी छँदा पूरा गर्यो ।

चेन्नईको जितमा देवन कनवेले ४४, ऋतुराज गैकवाडले ३०, शिवम दुवेले अविजित २६, अजिन्क्या रहानेले २१ र अम्बाती रायडुले १२ रनको योगदान गरे । कप्तान महेन्द्र सिंह धोनी २ रनमा अविजित गरे । बलिङतर्फ मुम्बईका पियुष चावलाले २ तथा तिर्सन स्तुवास र आकाश माधवलले १र१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३९ रन जोडेको थियो । उसका नेहाल वाधेराले ६४, सूर्यकुमार यादवले २६ र तिर्सन स्तुवासले २० रनको योगदान गरेका थिए ।

बलिङतर्फ चेन्नईका माथिसा पथिरानाले ३, दिपक चहार र तुसहार देशपाण्डेले २र२ र रवीन्द्र जडेजाले १ विकेट लिएका थिए ।

जितपछि ११ खेलबाट १३ अङ्क जोडेको चेन्नई दोस्रो स्थानमा पुगेको छ । १० खेलबाट १० अङ्क नै रहेको मुम्बई छैटौँ स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस