५४ तोला सुनसहित दुई जना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

५४ तोला सुनसहित दुई जना पक्राउ


२३ बैशाख २०८०, शनिबार


काठमाडौँ । विराटनगरमा ५४ तोला सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले दुई जनालाई सुनसहित पक्राउ गरेको डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए। 

शुक्रबार दिउँसो साढे ३ बजे विराटनगर महानगरपालिका(१५स्थित रानीतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको भ्यानमाथि प्रहरीले चेक गरेको थियो। उक्त गाडीमा अवैध सुन र चाँदी भन्सार छलेर भारततर्फ लैजान लागेको भन्ने खबर प्रहरीले पाएको थियो। 

गोप्य सूचनापछि खटिएको टोलीले गाडीलाई रोकेर चेक गर्दा सुन, चाँदी र नगद फेला पारेको हो। 

भारत विहार कटिहार(१७ दुर्गापुर बाराबजार बस्ने ६१ वर्षीय विनोदकुमार मुरार र उनकी श्रीमती ५६ वर्षीया पुष्पा मुरारलाई प्रहरीले पक्राउ गरेको हो।

उक्त गाडी पछाडि अन्दाजी ५४ तोला सुनका गरगहना र अन्दाजी साढे ६ किलो बराबरका चाँदीका भाडा बरामद गरेको हो। 

यस्तै उनीहरूबाट ७ लाख बढी भारु पनि बरामद भएको छ। 

थप अनुसन्धानको लागि उनीहरूलाई इलाका प्रहरी कार्यालय रानी मोरङमा पठाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस