पाथीभरा जाने क्रममा एक जना बेपत्ता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पाथीभरा जाने क्रममा एक जना बेपत्ता


२३ बैशाख २०८०, शनिबार


काठमाडौँ । पाथीभरा दर्शनका लागि जाने क्रममा झापाको एक जना बेपत्ता भएका छन् । 

ताप्लेजुङको अर्जुनधारा नगरपालिका-५ का लोकप्रसाद पराजुली बेपत्ता भएका हुन् । पाथीभरा क्षेत्रमा पर्ने माथिल्लो फेदीमा बास बसेर शुक्रबार बिहान भरियामार्फत मन्दिरतर्फ जाने क्रममा पराजुली बीच बाटोबाटै बेपत्ता भएका हुन् ।

भरियालाई पिसाब गर्न जाने भनेर निस्किएका अन्दाजी ६० वर्षीय पराजुली नफर्किएपछि उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए । 

झापाबाट यही वैशाख १९ गते श्रीमती, छोरा/बुहारी, नातिनी र आफन्तसहित आएका पराजुली बुधबार बेलुकी माथिल्लो फेदीमा पुगेर होटलमा बास बसेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस