व्यक्तिगत चरित्रहत्या हुने समाचार सम्प्रेषित नगर्दिनु : पूर्व गृहमन्त्री खाँण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

व्यक्तिगत चरित्रहत्या हुने समाचार सम्प्रेषित नगर्दिनु : पूर्व गृहमन्त्री खाँण


२३ बैशाख २०८०, शनिबार


काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो चरित्रहत्या भएको उल्लेख गर्दै ‘ध्यानाकर्षण’ विज्ञप्ति सार्वजनिक गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै खाँणले भनेका छन्,‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरी दिनुहुन अनुरोध छ ।’

नक्कली शरणार्थी प्रकरणमा खाँणको नाम समेत तानिएको बारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस