जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान 


२२ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

बैठक आउँदो वैशाख २७ गते बुधबार बस्ने गरी बोलाइएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।  

बस्नेतका अनुसार विधान अधिवेशन, सरकारमा सहभागिता लगायतका समसामयिक विषयमा निर्णय गर्न बैठक बोलाइएको हो । पार्टी कार्यालयमा बस्ने बैठक बिहान ११ बजे सुरु हुनेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस