बङ्गलादेशबाट काठमाडौँ आउन लागेको जहाज पटनामा आकस्मिक अवतरण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बङ्गलादेशबाट काठमाडौँ आउन लागेको जहाज पटनामा आकस्मिक अवतरण


२२ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । बङ्गलादेशको राजधानी ढाकाबाट काठमाडौँ आइरहेको विमान बङ्गलादेशको जहाज भारतको पटनामा आकस्मिक अवतरण भएको छ।

शुक्रबार ढाकाबाट उडेको फ्लाइट नम्बर बिबिसी ३७१ नम्बरको जहाजका पाइलटले प्राविधिक समस्या भएको बताएपछि पटना डाइभर्ट गरिएको भारतीय समाचार संस्था पिटिआईले जनाएको छ।

जहाजमा ७७ यात्रु र चालक दलका सदस्य छन्। उनीहरू सबै सुरक्षित छन्।

अहिले पटनाको जय प्रकाशनारायण अन्तर्राष्ट्रिय विमानस्थलमा इन्जिनियरहरूले जहाजको निरीक्षण गरिरहेका छन्।

जहाजको सबै कुरा सही देखिएपछि मात्रै जहाज काठमाडौँका लागि उड्ने अधिकारीहरूले बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस