जथाभाबी फोहोर फाल्नेलाई महानगरद्वारा ५० हजार जरिवाना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जथाभाबी फोहोर फाल्नेलाई महानगरद्वारा ५० हजार जरिवाना


२२ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले जथाभाबी फोहोर फालेर दुर्गन्ध फैलाउने एक जनालाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

सफा, स्वच्छ वीरगञ्ज बनाउने अभियानका साथ सरसफाइलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै महानगरले जथाभाबी फोहोर फालेर दुर्गन्ध फैलाउनेलाई कारबाही गरेको हो।

वीरगञ्जको बाइपास सडक-खण्ड अन्तर्गत नगवाको वैष्णवी मन्दिरनजिकै राँगा, भैँसीको सडेको हड्डी फालेर दुर्गन्ध फैलाउने शिवपुजन चौरसियालाई महानगरको टोलीले नियन्त्रणमा लिएर ५० हजार जरिवाना गरेको हो।

महानगरले यसअघि सीता अस्पताललाई सडकमा जथाभाबी माटो खसाएर फोहोर गरेको भन्दै ५१ हजार रुपैयाँ जरिवाना गरेको थियो।

नगर सफा राख्न वीरगञ्ज महानगरले मुख्य तथा सहायक सडकमा ट्र्याक्टर तथा ठेलाबाट दैनिक ३र३ पटक फोहोर सङ्कलन गर्नुका साथै ब्रुमरमार्फत सडक बढार्ने काम गरिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस