सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु


२२ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । सङ्खुवासभामा आज भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । घाइते भविन्द्र गुरुङको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

उपचारका लागि काठमाडौँ लैजाने क्रममा हेलिकोप्टरमै मृत्यु भएपछि पुनः सङ्खुवासभामै हेलिकोप्टर अवतरण गरिएको हो । 

गुरुङ अरुण जलविद्युत् आयोजनाका कर्मचारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका क्याप्टेन सुरेन्द्र पौडेलसहित तीन जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । क्याप्टेन पौडेलको टाउकोमा चोट लागेको बताइएको छ । 

क्याप्टेनसहित हेलिकोप्टरमा पाँचजना सवार थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस