एमालेले बोलायो सचिवालय बैठक « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

एमालेले बोलायो सचिवालय बैठक


२२ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक वैशाख २६ गते पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

झापामा वैशाख २९ देखि ३१ सम्म हुने केन्द्रीय समिति बैठकअघि सचिवालय बैठक बोलाइएको हो ।

एक नेताका अनुसार सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डाहरू तय गर्ने जनाइएको छ । सचिवालय बैठकअघि महासचिव शङ्कर पोखरेल नेतृत्वको पार्टी केन्द्रीय कार्यालयको बैठक वैशाख २५ मा बस्नेछ ।

एमालेले पार्टी सुदृढीकरण अभियान अन्तर्गत दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सम्पन्न गरेको छ

Tags :
प्रतिक्रिया दिनुहोस