प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ : प्रहरी महानिरीक्षक कुँवर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ : प्रहरी महानिरीक्षक कुँवर


२२ बैशाख २०८०, शुक्रबार


रेसुङ्गा । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीका विभिन्न भवनको उद्घाटन गरेका छन् । बिहीबार एक कार्यक्रमबीच उनले भवन उद्घाटन गरेका छन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भौतिक संरचनाका हिसाबले प्रहरी कार्यालय अब्बल हुनुपर्ने बताए । ‘प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ’, उनले भने, ‘पछिल्लो पटक प्रहरीलाई हेर्ने दृष्टिकोण र भरोसा फेरिएको छ ।’ प्रहरीले सङ्ख्यात्मकभन्दा पनि गुणात्मकरुपमा सेवा प्रवाह गरिरहेको बताए ।

जिल्ला प्रहरी कार्यालय परिसरमा कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, ब्यारेक, मेस र हिरासत कक्ष निर्माण गरिएका छन् । ती सबै संरचना रु ६ करोड ६८ लाखको लागतमा निर्माण सम्पन्न गरिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

निर्माणको जिम्मा बिकोइ सुनिल–समिर जेभीले लिएको थियो । निर्माण व्यवसायी नारायण पोखरेलले केही समय अगाडि भवनको निर्माण सकेर जिल्ला प्रहरी कार्यालय गुल्मीलाई हस्तान्तरण गरेका थिए । ती संरचना लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्राविधिक सहायतामा सम्पन्न भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस