शिक्षक सरुवाको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालतको आदेश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शिक्षक सरुवाको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालतको आदेश


२० बैशाख २०८०, बुधबार


काठमाडौँ । उच्च अदालत तुलसीपुरले घोराही उपमहानगरपालिकाले गरेको शिक्षक सरुवा तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत तुलसीपुरका कायममुकाम मुख्य न्यायाधीश रणबहादुर बागचनको इजलासले उपमहानगरको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

‘घोराही उपमहानगरपालिकाको शिक्षा ऐन २०७५ को दफा ३१ तथा शिक्षा नियमावली २०७६ को नियम २५ को व्यवस्था र २०७६ को नियम ४९ को सरुवासम्बन्धी व्यवस्थाको सन्दर्भमा विपक्षी घोराही उपमहानगरपालिको शिक्षा समितिबाट २०७९ चैत ८ गते भएको निर्णय सुविधा सन्तुलनको दृष्टिले अहिले कार्यान्वयन नगरी यथास्थितिमा राख्न उपयुक्त देखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्नरनगराउन आदेश भएको छ’, आदेशमा भनिएको छ ।

यस मुद्दामा उच्च अदालतकी न्यायाधीश बबिता उप्रेती र न्यायाधीश राजुराम सिलवालको संयुक्त इजलासबाट फरक–फरक राय आएपछि आजसम्मका लागि मुद्दा सरेको थियो । आजको अन्तरिम आदेशले न्यायाधीश राजुराम सिलवालको धारणालाई सदर गरेको हो ।

घोराही उपमहानगरले गएको चैत ८ गते एक सय एक जना शिक्षकको सरुवा गरेपछि पद्मोदय पब्लिक नमुना मावि भरतपुरका शिक्षक तर्कबहादुर बस्नेतसहितका शिक्षकले मुद्दा दर्ता गरेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस