मुलुक अप्ठेरो अवस्थामा पुग्यो, पुरानो गौरव फर्काऔँ : पूर्वराजा ज्ञानेन्द्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मुलुक अप्ठेरो अवस्थामा पुग्यो, पुरानो गौरव फर्काऔँ : पूर्वराजा ज्ञानेन्द्र


२० बैशाख २०८०, बुधबार


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका छन् ।

बुधबार नेपालगञ्जको रामलिला मैदानमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै शाहले यस्तो आह्वान गरेका हुन् । 

अहिले पनि जनताको जीवनस्तर सुधार हुन नसकेको र मुलुक पनि अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गर्दै उद्योग धन्दा, कलकारखाना, उत्पादन निष्प्रभावी रहेका कारण अहिले पनि लाखौँ युवाहरू बिदेसिन बाध्य भएको बताए ।

शाहले लामो अवधिसम्म पनि नेपाल र नेपालीको अवस्था पुरानै परिस्थितिमा रहेको पनि बताए ।

उनले देशवासीको अवस्था सुधार गर्ने र जनतालाई शान्ति सुशासनका साथै समृद्धि गर्ने आफूहरूको भावना, धारणा र नारा रहेको बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस