२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा क्षेत्रमा सिसी क्यामेरा जडान

अ+ अ-

बैतडी । नेपाल-भारत सीमानाका बैतडीको झुलाघाटसहित जिल्लाका विभिन्न बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिएका छन् । दशरथचन्द नगरपालिकाले झुलाघाटसहित सदरमुकामस्थित गढी, गोठलापानी, साहिलेक र देहीमाण्डौँ बजारमा सिसी क्यामेरा जडान गरेको हो ।

दशरथचन्द नगरपालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सिसी क्यामेरा जडान गरिएको नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टले जानकारी दिए । मुख्य बजार क्षेत्रमा १८ सिसी क्यामेरा जडान गरेको र अन्य बजार क्षेत्रमा पनि अगामी वर्षको बजेटबाट क्यामेरा खरिद गरेर जडान गर्ने लक्ष्य नगरपालिकाको रहेको छ ।

सीमा क्षेत्र र जिल्ला सदरमुकाममा विभिन्न क्षेत्रमा आवतजावत बढी हुने भएकाले सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न तथा सामाजिक विकृति रोक्न क्यामेरा जडान गरिएको नगरप्रमुख पुष्करराज जोशीले बताए । आपराधिक क्रियाकलाप न्यून गरी सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न क्यामेरा जडानबाट सहयोग पुग्ने प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

बजारका सबै गतिविधि जिल्ला प्रहरी कार्यालयमा देखिने गरी क्यामेरा राखिएकाले आपराधिक गतिविधि नियन्त्रण गर्न सहज हुनेछ । उनले भने,’प्रहरीले निगरानी गर्ने गरी जडित सिसी क्यामेराले चोरीलगायतका अन्य आपराधिक क्रियाकलाप कम भई बजार क्षेत्र शान्त र सुरक्षित हुने अपेक्षा गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस