काठमाडौँ महानगरले माग्यो नगर प्रहरी नियुक्तिका लागि आवेदन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काठमाडौँ महानगरले माग्यो नगर प्रहरी नियुक्तिका लागि आवेदन


२० बैशाख २०८०, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

महानगरले १ सय जना नगर प्रहरी जवान माग गरेको हो।

महानगरले गत चैत १७ मा गृह मन्त्रालयमार्फत प्राप्त वैकल्पिक सूचीमा रहेका ३० जनालाईलाई पनि नगर प्रहरी बनाउन सकिने बताएको छ।

सात दिनभित्र महानगरपालिका, प्रशासन विभागमा निवेदन दिन आह्वान गरेको महानगरले नेपाल प्रहरी तर्फको सूचीबाट खुलामा २४ जना, नेपाल सशस्त्र प्रहरीको तर्फबाट १४ जना, महिलातर्फ १५ जना, आदिवासी/जनजातितर्फ १२ जना, मधेसीतर्फ १ जना, दलिततर्फ ३ जना र अल्पसङ्ख्यकतर्फ १ जना गरी ७० जनाको माग गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस