नगरबासीको तथ्याङ्क सङ्कलन गर्दै पोखरा महानगर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नगरबासीको तथ्याङ्क सङ्कलन गर्दै पोखरा महानगर


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ। पोखरा महानगरपालिकाले घरधुरी तथ्याङ्क सङ्कलन गर्ने भएको छ । महानगरले समग्र महानगको वस्तुगत अवस्थाबारे विद्युतीय अभिलेखका राख्न पारिवारिक विवरणसहित तथ्याङ्क सङ्कलन गर्न लागिएको हो ।

तथ्याङ्कमा व्यक्तिको पारिवारिक, आर्थिक अवस्था, व्यावसायिक विवरण, घरबहाल, शिक्षा, स्वास्थ्यमा पहुँच, वैदेशिक रोजगारी, पञ्जिकरण अद्यावधिक लगायतका विवरण समावेश गरिने महानगरले जनाएको छ । 

महानगरले तथ्याङ्क सङ्कलनका लागि २ सय २० जना सर्वेक्षक छनोट गरेको छ । सर्वेक्षकले पोखरा महानगरका ३३ वटै वडाबाट विवरण सङ्कलन गर्ने छन् ।

सर्वेक्षणमा खटिने कर्मचारीलाई आवश्यक तालिम दिइसकिएको र उनीहरूले वैशाख २५ गतेदेखि काममा खटिने महानगरको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस