एमाले सांसद कोइरी निलम्बित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमाले सांसद कोइरी निलम्बित


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेका छन् ।

संघीय संसद सचिवालय स्रोतका अनुसार नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि उनलाई मङ्गलवार सभामुख घिमिरेले निलम्बनको निर्णय गरेका हुन् । 

४ मंसिरको चुनावमा महोत्तरी-१ बाट निर्वाचित कोइरी नेकपा एमालेका सांसद हुन् ।

२०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर उनी हालसम्म फरार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस