प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै प्रदर्शन « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै प्रदर्शन


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । नेपाल बार एसोसिएसनले आज तेस्रो दिन पनि विरोध प्रदर्शन गरेको छ ।

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै उनीहरूले प्रदर्शन गरिरहेका हुन् । 

नेपाल बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिँदै विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अविलम्ब प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए ।

कानून व्यवसायीहरूले संवैधानिक दायित्व पूरा गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्ब गर, सर्वोच्च अदालत र सबै अदालतहरूमा रिक्त रहेका न्यायाधीश तत्काल नियुक्ति गर, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस