काँग्रेस नेता बोहराद्वारा पार्टी परित्यागको घोषणा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेस नेता बोहराद्वारा पार्टी परित्यागको घोषणा


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका सदस्य तथा पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहराले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

नेपालको राजनीतिक अवस्था, भ्रष्टाचार र अनाचारको विरोध गर्दै नेपाली काँग्रेसका नेताहरूले शक्तिमा रहँदा पटक पटक अनेक गलत र अपरिपक्व जनविरोधी कार्य गरेको विरोधमा उनले बताएका छन् । 

उनले एक प्रेस विज्ञप्ति जारी गर्दै आफू प्रहरी सेवाको अवकासपश्चात विगत २५ वर्ष देखि नेपाली काँग्रेसको सक्रिय सदस्य र महाधिवेशन प्रतिनिधि समेत भएर प्रतिविद्धताका साथ यथाशक्य काम गरेको तर अहिलेको देशको अवस्थामा नेपाली काँग्रेसले लिएका कदमले आफूमा विरक्ति उत्पन्न भएको भन्दै पार्टीबाट मुक्त भएको जनाएका छन् । 

“देश सङ्कटको भुमरीमा परेका बखत समेत नेपाली काँग्रेस मौन छ, त्यसो हुनाले अब यस पार्टीसँगको आबद्धता औचित्यहीन सम्झी आजैका मितिदेखि मैले नेपाली काँग्रेस पार्टी परित्याग गरेको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँछु,” विज्ञप्तिमा भनिएको छ । 

बोहराले उपल्लो तहका नेताले निष्ठावान सदस्यहरूलाई झोले, चप्पलेको रूपमा हेर्ने र व्यवहार गर्ने चलन भएको भन्दै उक्त चलनको आफूले कडा शब्दमा निन्दा गर्दछु भनिएको छ । 

आफूले नेपाली काँग्रेस परित्याग गरेसँगै देशको वर्तमान अवस्थाका बारेमा पनि बोहराले उक्त विज्ञप्तिमा चिन्ता व्यक्त गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस