जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आगलागी, कम्प्युटर, प्रिन्टर, स्क्यानरलगायतका उपकरण जलेर नष्ट « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आगलागी, कम्प्युटर, प्रिन्टर, स्क्यानरलगायतका उपकरण जलेर नष्ट


१९ बैशाख २०८०, मंगलबार


मलंगवा । जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवामा आगलागी भएको छ । मङ्गलवार (आज) बिहान करिब ५:४० बजेतिर विद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवाले जनाएको छ ।

विद्युत् सर्ट भई आगलागी हुँदा नागरिकता प्रतिलिपि फाटका कम्प्युटर, प्रिन्टर, स्क्यानरलगायतका विद्युतीय उपकरण जलेर नष्ट भएका छन् ।

आगलागी भई धुवाँमाथि जाँदा ड्युटीमा बसेका सुरक्षाकर्मीले देखेका थिए । तत्कालै सुरक्षाकर्मी आइ आगो निभाउँदा थप क्षति भने भएको छैन । छेउमै रहेको वारुण यन्त्र, सुरक्षाकर्मी र कार्यालयका कर्मचारीको सहयोगमा आगो नियन्त्रणमा आएको हो। आगो नियन्त्रण गर्ने क्रममा राहदानी शाखाको कम्प्युटरमा समेत क्षति पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस