काठमाडौँ । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलवार यस्तो अनुमान सार्वजनिक गरेको हो ।
सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने लक्ष्य राखेपनि २.१६ प्रतिशत मात्र वृद्धिदर हुने विभागले जनाएको छ ।
विभागका अनुसार नेपाली अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ ।
आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशत हुनेछ ।