उपेन्द्र यादवले लिए शपथ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

उपेन्द्र यादवले लिए शपथ


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । बारा– २ बाट उपनिर्वाचनमा निर्वाचित जसपाका उपेन्द्र यादवले सांसद पदको शपथ लिएका छन् ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवलाई सभामुख देवराज घिमिरेले केही बेरअघि सिंहदरवारमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

वैशाख १० मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा-२ बाट जसपाका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले २८ हजार ४ सय १५ मतसहित निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहकलाई ५ हजार ८१ मतले पराजित गरी विजयी भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस