बढ्यो मेडिकल अफिसरको मासिक तलब « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बढ्यो मेडिकल अफिसरको मासिक तलब


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब तोकिएको छ। अबदेखि निजी अस्पतालमा कार्यरत मेडिकल अफिसरले मासिक तलब ४८ हजार रुपैयाँ पाउने भएका छन् । नेपाल चिकित्सक सङ्घ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को बैठकले मेडिकल अफिसरको न्यूनतम तलब ४८ हजार ७३७ रुपैयाँ तोकेको हो।

उनीहरूको २०७७ फागुन ४ गते ४२ हजार रुपैयाँ तलब तोकिएको थियो भने २०८० जेठ १ गते देखि बढ्ने भनिएको निर्णयले अबदेखि निजी अस्पतालमा कार्यरत मेडिकल अफिसरहरूको तलब ४८ हजार ७३७ रुपैयाँ पुर्‍याएको नेपाल चिकित्सक सङ्घले जनाएको छ ।

यसैगरी चिकित्सक सङ्घ र अफिनले चिकित्सकहरूको परामर्श शुल्क १४ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ। जेठ १ देखि लागू हुने गरी यो शुल्क बढाइएको छ।

अबदेखि ​पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीएस तथा बीडीएसको डाक्टरले ४२० रुपैयाँ शुल्क लिन पाउने भएका छन्। यसअघि यो समूहका चिकित्सकको शुल्क ३७० रुपैयाँ तोकिएको थियो।

यसैगरी पाँच वर्षभन्दा बढी अनुभव भएका एमबीबीएस तथा बीडीएस डाक्टरले ५१५ रुपैयाँ लिन पाउनेछन्। यसअघि यो समूहको शुल्क ४५० रुपैयाँ तोकिएको थियो।

यसैगरी पाँच वर्षभन्दा कम अनुभव भएका डीएम एमसीएच तहका चिकित्सकको शुल्क ८८० रुपैयाँ हुने भएको छ। यसअघि उनीहरूको शुल्क ७७० रुपैयाँ थियो।

यसैगरी पाँच वर्षभन्दा कम अनुभव भएका डिप्लोमा लेभलको चिकित्सकले ५९० रुपैयाँ र त्योभन्दा बढी अनुभव छ भने ६७० रुपैयाँ लिन पाउँछन्। यसअघि यो ५१५ रुपैयाँ र ५९० रुपैयाँ थियो।

यस्तै पाँच वर्षभन्दा कम अनुभव भएका एमडीएमएस तथा एमडीएस लेभलका चिकित्सकले पाँच वर्षभन्दा कम अनुभव भए ७५० रुपैयाँ शुल्क लिन पाउनेछन्।

पाँच वर्षभन्दा बढी अनुभव भएका यही तहका चिकित्सकले ८०० रुपैयाँसम्म शुल्क लिन पाउनेछन्। यसअघि यो तहका चिकित्सकको शुल्क ६६० रुपैयाँ र ७०० रुपैयाँ थियो।

Tags :
प्रतिक्रिया दिनुहोस