पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार राईका छोराविरुद्ध पक्राउ पुर्जी जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार राईका छोराविरुद्ध पक्राउ पुर्जी जारी


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज राई विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

मङ्गलवार प्रहरीले इन्द्रजितका छोरा निरजविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो । प्रहरीले फरार रहेका निरज नेपालमा नभएको पनि जानकारी दिएको छ ।

निरजका बुबा इन्द्रजितलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग संलग्न भएको आरोपमा मङ्गलवार बिहान प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस