१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अझै गठन भएनन् विषयगत समिति

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको चार महिना बितिसक्दा पनि ‘मिनी संसद्’ मानिने विषयगत समितिहरू गठन हुन सकेका छैनन् ।

विषयगत समिति गठनमा ढिलाइ हुँदा कानुन निर्माणदेखि संसदीय काम–कारबाही प्रभावित हुने देखिएको छ ।

विषयगत समिति नबन्दा सरकारले ल्याउने विधेयक दोहोरो बहस र छलफलबिनै सोझै सदनबाट पारित गर्नुपर्ने स्थिति छ । प्रदेशसभा सदस्यहरू नै कानुन निर्माणका अभ्यासमा भाग लिन पाएका छैनन् । प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले विषयगत समिति गठनमा केही ढिलाइ भएको बताए ।

प्रदेशसभा नियमावली मस्यौदाका लागि समिति गठन भइसकेकाले अब छिट्टै विषयगत समितिको पनि टुङ्गो लाग्ने उनले बताए । ‘यो बीचमा सरकार फेरबदलदेखि राजनीतिक घटनाक्रम बढी भए, नियमावली मस्यौदा समितिको काम पनि प्रभावित बन्यो’, उनले भने ।
प्रदेशसभा नियमावलीको मस्यौदा निर्माणका लागि प्रदेशसभाका ज्येष्ठ सदस्य विन्दुकुमार थापाको संयोजकत्वमा ११ सदस्यीय समिति बनेको छ । संयोजक थापाले प्रदेश सरकारले पूर्णता पाउनासाथ नियमावली मस्यौदाको कामलाई अगाडि बढाइने सचिवालयका प्रवक्ता सुवेदीले बताए ।

‘समितिको दुई वटा बैठक बस्यौँ, ज्येष्ठताका आधारमा अहिले म संयोजक छु, अब समितिले नै नयाँ संयोजक चुन्छ’, उनले भने, ‘प्रदेशसभा नियमावली पुनः लेखनपछि विषयगत समिति तुरुन्तै गठन हुन्छ।’ विषयगत समितिको सङ्ख्या थपघट, नाम, कार्यक्षेत्र हेरफेर आदिको निर्क्योल नियमावलीअनुसार हुनेछ ।

विसं २०७४ को प्रदेशसभा नियमावलीमा व्यवस्था भएबमोजिम प्रदेशसभाको अघिल्लो कार्यकालमा विधायन, सार्वजनिक लेखा, अर्थ तथा विकास र प्रदेश मामिला गरी चार वटा विषयगत समिति क्रियाशील थिए ।

प्रदेशसभा सचिवालयका प्रवक्ता सुवेदीले प्रदेशसभा नियमावली प्रदेशसभाबाट पारित भएपछि विषयगत समिति गठनको प्रक्रिया अगाडि बढ्ने बताए । ‘नियमावलीको व्यवस्थाअनुसार सभामुखले दलहरूबाट विषयगत समितिमा बस्ने सदस्यको नाम माग्नुहुन्छ’, उनले भने । समिति गठन भएपछि दलहरूबीचको सहमतिमा समितिको सभापति निर्वाचित हुनेछन् ।

प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले कामकाजी र प्रभावकारी हुने गरी विषयगत समिति बनाउनुपर्ने उल्लेख गरे ।

उनले विषयगत समिति गठनमा अब धेरै ढिलाइ गर्न नहुने बताए । प्रदेशसभा सदस्यहरूले पनि विषयगत समिति गठनको माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस