एसीसी प्रिमियर कप : नेपालले गुमायो तेस्रो विकेट « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

एसीसी प्रिमियर कप : नेपालले गुमायो तेस्रो विकेट


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कप अन्तर्गत भएको फाइनल खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

कप्तान रोहित पौडेल रोहन मुस्तफाको बलमा बोल्ड आउट भएका हुन् ।

त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको नेपालका लागि चौथो नम्बरमा क्रिजमा आएका रोहित ९ बल खेल्दा १ रन मात्रै बनाउन सफल भएका छन् ।

यसअघि, दोस्रो विकेट गुमाउने क्रममा नेपालले ६.१ ओभरमा आसिफ शेखलाई गुमायो ।

आसिफ १० बलमा ८ रन बनाएर आयान अफजल खानको बलमा एलबीडब्लू आउट भए । ओपनर कुशल भुर्तेल यूएईको पहिलो सिकार बनेका थिए । उनी रोहन मुस्तफाको बलमा एल्बीडब्लू आउट भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस