बढ्यो ओपिडी शुल्क  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बढ्यो ओपिडी शुल्क 


१८ बैशाख २०८०, सोमबार


काठमाडौँ । अस्पतालको बहिरङ्ग (ओपिडी) शुल्क वृद्धि हुने भएको छ । आगामी जेठ १ गतेदेखि लागु हुनेगरी स्वास्थ्य मन्त्रालयसँगको सहमतिअनुसार नेपाल चिकित्सक सङ्घ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को बैठकले शुल्क वृद्धिको निर्णय गरेको हो ।

चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने गरी निर्णय भएको चिकित्सक सङ्घ र अफिनद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

नयाँ शुल्क अनुसार पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस चिकित्सकले ४२० र पाँच वर्षभन्दा माथिकाले ५१५ रुपैयाँ ओपिडी शुल्क लिन पाउने छन् । एमबीबीएस र बीडीएस पास भएर डिप्लोमा तालिम लिएका पाँच वर्षभन्दा कम अनुभव भएका चिकित्सकले ५९० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ६७० रुपैयाँ शुल्क लिन पाउने छन् ।

यस्तै, एमडी–एमएस र एमडिएस चिकित्सकको हकमा पाँच वर्ष अनुभव नभएकाले ७५० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ८०० रुपैयाँ लिन पाउने छन् । डीमए तथा एमसीएच गरेका चिकित्सकको हकमा पाँच वर्षभन्दा कम अनुभव भएकाले ८८० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ९४० रुपैयाँ लिन पाउने भएका छन् । 

त्यसैगरी १० वर्षभन्दा बढी अनुभव भएका एमडीरएमएस र एमडीएस डाक्टरले ९४० रुपैयाँ शुल्क लिन पाउने भएका छन् । 

नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा नयाँ शुल्क निर्धारण गरिएको विज्ञप्तिमा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस