२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छिट्टै आयोग बनाएर सबै भ्रष्टहरूलाई कारबाही गर्छौँ : प्रधानमन्त्री 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०४८ सालयताका सबै भ्रष्टहरूलाई कारबाही गर्ने दाबी गरेका छन् । 

अखिल नेपाल ट्रेड युनियन महासङ्घले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

एवम् माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टीको चुनावी घोषणा पत्रमा उल्लेख भएअनुसार आयोग बनाएर छानबिन गरी ती भ्रष्टहरूलाई कारबाही गर्ने बताएका हुन्।

अहिले सबैभन्दा बढी भ्रष्टहरू नै भ्रष्टाचारविरुद्ध बोलेको देख्दा आफूलाई अनौठो लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले उनीहरूलाई छानबिन गर्नका लागि तत्काल पहलकदमी लिने बताए।

उनले पूर्व राजा ज्ञानेन्द्र शाहप्रति सङ्केत गर्दै भ्रष्टाचारविरुद्ध कडा वक्तव्य दिएपछि इतिहासको फोहोरको डुंगुरमा फालिएकाहरू फेरी बाहिर निस्कने प्रयास गरेको भन्दै त्यस्ता प्रवृत्तिको विरुद्ध खडा हुन पनि पार्टीका, नेता, कार्यकर्तालाई निर्देशन दिए।

प्रधानमन्त्री दाहालले भने,  ‘अहिले कहिलेकाहीँ म देख्छु भने सबैभन्दा भ्रष्ट तत्त्वहरू भ्रष्टाचारको विरुद्ध बोलेको देख्दा अनौठो लाग्छ। सबभन्दा भ्रष्टहरू नै। त्यसकारण हामीले साँचो अर्थमा सुशासन। तपाईँहरूले हेर्नु भएको छ-हाम्रो निर्वाचन घोषणा पत्रमा हामी एउटा आयोग बनाएर २०४८ सालयताका सबै भ्रष्टहरूको छानबिन सुरु गर्नेछौँ भनेर भनेका छौँ। र, म तपाईँहरूलाई भन्न चाहन्छु-छिट्टै त्यो आयोग बनाउनेतिर मेरो पहलकदमी हुनेछ। र, प्रत्येक भ्रष्टहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाउन जानेछ।’ मैले त्यसको जवाफ के भने दिए–फागुन १ गते सार्वजनिक बिदा दिएर दिए। हामीले त्यसमा गर्व गर्नु पर्दछ । र, त्यस्ता प्रवृत्तिका विरुद्ध हामी खडा हुनुपर्दछ।’

प्रतिक्रिया दिनुहोस