रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने


१८ बैशाख २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा सभापति रवि लामिछानेलाई चयन गर्ने निर्णय गरेको छ । रास्वपाको आज (सोमबार) बसेको केन्द्रीय कमिटी बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको हो । 

पार्टी प्रवक्ता डा.मुकुल ढकालका अनुसार संसदीय दलको नेता लामिछाने चयन गर्ने निर्णय भएसँगै संसदीय दलले अनुमोदन गर्नेछ ।

नागरिकता विवादमा रविको संसद पद गुमेपछि उनले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । त्यसपछि डोलप्रसाद अर्याललाई संसदीय दलको नेतामा चयन गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस