२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालले कुवेतलाई दियो २८२ रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतलाई जितका लागि २ सय ८२ रनको सानदार लक्ष्य प्रस्तुत गरेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वर्षाले प्रभावित खेलमा नेपालले पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाएर २ सय ८१ रन बनाएको हो।

४२ ओभरमा छोट्याइएको खेलमा कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रनको महत्त्वपूर्ण योगदान गरे। ९५ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे। छक्का प्रहार गर्दै शतक बनाउने क्रममा उनी क्याच आउट भए।

यसअघि कुशल मल्लले ५७, कुशल भुर्तेलले ४३, आसिफ शेखले ३१ रन बनाउँदा भीम सार्की एक रनमा आउट भएका थिए। आरिफ शेख १९, करण केसी ७ र सन्दीप लामिछाने ५ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी शून्य रनमा पेभेलियन फर्किए। सोमपाल कामी १३ र ललित राजवंशी २ रनमा नटआउट रहे।

कुवेतका अदनान इद्रिस र मोहम्मद अस्लामले समान ३/३ विकेट लिँदा यासिन पटेल र सायद मोनिबले एक/एक विकेट खसाले । अब केहीबेरमा कुवेतले जवाफी ब्याटिङ थाल्नेछ।

प्रतिक्रिया दिनुहोस