संसद्को चालु अधिवेशन अन्त्य « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संसद्को चालु अधिवेशन अन्त्य


१६ बैशाख २०८०, शनिबार


काठमाडौँ । सङ्घीय संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य भएको छ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको ब्यहोरा जानकारी गराएका थिए ।

कार्यवाहक राष्ट्रपति यादवले मन्त्रिपरिषद् बैठकको निर्णयको सिफारिसमा संसद् अधिवेशन अन्त्य गरेका हुन् ।

अब सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि स्वतः अन्त्य हुने भएको छ । बैठकमा यसअघि सभामुख घिमिरेले यस अधिवेशनमा प्रतिनिधिसभा बैठकबाट भएका काम कारबाहीको विवरण सुनाएका थिए ।

प्रतिनिधि सभाको आज बसेको पहिलो बैठक गृह मन्त्रालयको फरार अभियुक्तको सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर अवरुद्ध भएको थियो । ढिला गरी बसेको अर्को बैठकमा सभामुख देवराज घिमिरेले सांसद कोइरीका विषयमा सदनमा विभिन्न विषय उठेकाले उनको बारेमा संसद्को आगामी अधिवेशनबाट कानुन बमोजिम हुने जानकारी गराएका थिए ।

यसैगरी बैठकले सांसदहरु मनोरमा शेरचन, विनाकुमार थनेत, चन्द्रकान्त भण्डारी र वर्षमान पुनको बिदा सभाबाट स्वीकृत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस